- समाचार

नयाँ वर्ष महोत्सवमा पोखराका होटलमा २० प्रतिशत छुट

पोखरा । चैत २९ गतेबाट पोखरामा सञ्चालन हुने तीन दिने १८ औं फेवा नववर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासीलाई निमन्त्रण प्रदान गरेको छ ।

संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ वर्षलाई धुमधामका साथ मनाउन लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो ।

पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो ।