- समाचार

भरतपुर विमानस्थल विस्तार हुँदै, सेनालाई अन्यत्र व्यवस्थापन

चितवन । साठी वर्षपछि चितवनको भरतपुरस्थित भरतपुर विमानस्थल स्तरोन्नतिसँगै विस्तार हुने भएको छ। हाल रहेको एक हजार दुई सय मिटर धावन मार्गलाई विमानस्थलको उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । धावन मार्ग विस्तार भएपछि एटीआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्नेछ भने रात्रिकालीन सेवा पनि सञ्चालन गर्न सकिन्छ। धावन मार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माण हुनेछ।